काठमाडौं । बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले नेतृत्वमा नेपाली टोली सहभागी हुन बंगलादेश प्रस्थान भएको छ ।
साफको कंग्रेस ढाकामा शनिबारदेखि हुँदैछ । त्यसका लागि एन्फा महासचिव राई सहितको टोली त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ ।
राईसहित एन्फा सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका गएका छन् ।
एन्फा महासचिव राईले साफ कंग्रेसमा साफ महिला च्याम्पियनसिप काठमाडौंमा गराउनका लागि एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्ने एन्फाको तयारी छ ।
यस्तै कंग्रेसमा साफ सदस्यहरुबीच फुटबल विकासका विषयमा पनि छलफल हुने एन्फाले जनाएको छ ।