काठमाडाैं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने सबै शिक्षा विकास तथा समन्वय इकाईलाई सूचित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० बेरुजु फछ्र्यौटका लागि विद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयारीका लागि प्राविधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरक–फरक कार्य सम्पन्न गर्न अनुरोध गरेको हो ।
कार्यसम्पादन प्रतिवेदन सम्पन्न गर्नका लागि सम्बन्धित प्राविधिकले गर्नुपर्ने कार्यहरूमा विभिन्न पाँच बुँदे कार्यसम्पन्न गर्नुपर्ने सूचनामा उल्लेख छ । साथै इकाइसँग सम्बन्धित कार्यअन्तर्गत विभिन्न चार बुँदा र कार्यसम्पन्न प्रतिवेदन तयार भइसकेपछि परामर्शदातालाई सम्बन्धित इकाइबाट गरिने भुक्तानीको प्रक्रिया सम्बन्धमा तीन बुँदे कार्यविधि समेत जारी गरेको छ ।
बुधबारदेखि मानव स्राेत विकास केन्द्रमै देशभरका विद्यालय कर्मचारी धर्नामा बसेका छन् । सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको कर्मचारीकाे भनाइ छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने र केन्द्रमा ताला लगाउने विद्यालय कर्मचारीले बताएका छन् ।
सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिएका हुन् ।
‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उहाँले भने, ‘ विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’ उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन दिए ।
शिक्षक सेवा आयोगको नियामवली संशोधन पश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिमकाम छिटो सम्पन्न गर्न आग्रह गरे । साथै विद्यालय समायोजन लागतयका कामम सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो ।