जापान ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको विबाद अझै मिल्न सकेको छैन् । बिवाद मिलेको भन्दै कथित सहमति पत्र मीडियामा आएको बारे एनआरएनए जापानको केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सहमति भएको भनेर मिडियाबाजी गरिएपनि सहमति हुन नसकेको भन्दै बहुमत सदस्यहरुले आपत्ती जनाएका हुन् । कुल ३१ सदस्यमध्ये २२ जनाको उक्त सहमतिप्रति आपत्ती रहेको छ ।
एनआरएनए जापानको विवाद मिलेको भन्दै भ्रामक प्रचार गरिएको प्रति बहुमत केन्द्रिय समिती लगायत १२ वटै क्षेत्रिय समितिले निकालेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै एनआरएनए जापान विवात रहित बन्नु, समाज मिल्नु ,मिलाउनु हामी सबैको कर्तव्य ,दायित्व र जिम्मेवारि हो। हाम्रो सिंगो कार्यसमिति सहमति र सहकार्यको पक्षमा सदैव दृढ़ छ तर निर्वाचित सार्वभौम कार्यसमितिमा कुनै पनि छलफल नगरी सहमति पत्र भन्दै संस्था र सार्वभौम कार्यसमिती तथा क्षेत्रिय समितीहरूको वदनाम हुनेगरी नाजायज अमुक शब्द र भाषा को प्रयोग गरी अमुक १,२ जना स्वार्थि व्यक्तिहरूको स्वार्थसिद्धको लागी एक्कासी नाटकीय शैलीमा सहमति पत्रमा हस्ताक्षर गरी मिडियाबाजी र प्रचारप्रसार गर्नुको कुनै तुक नरहेको र उक्त कार्य प्रति हाम्रो कार्यसमिति तथा क्षेत्रिय समितिले सहमतिमा प्रयोग गरिएका निम्न शब्द र बुँदाहरुप्रति असन्तुष्ट प्रकट गर्दै असहमति जनाएको छः
हाम्रो सिंगो कार्यसमिति सहमति र सहकार्यको पक्षमा सदैब दृढ़ छ तर निर्वाचित सर्वभौम कार्यसमितिमा कुनै पनि छलफल नगरी सहमति पत्र भन्दै संस्था र सार्वभौम कार्यसामति बदनियत हुनेगरी नाजायज अमुक शब्द र भाषा को प्रयोग गरी अमुक १,२ जना स्वार्थ व्यक्तिहरूको स्वार्थसिद्धको लागी एक्कासी नाटकीय शैलीमा सहमति पत्रमा हस्ताक्षर गरी मिडियाबाजी र प्रचारप्रसार गर्नुको कुनै तुक नरहेको र उक्त कार्य प्रति हाम्रो कार्य समिति घोर सहमति गरिएका भनिएका निम्न शब्द र बुँदाहरुमा हाम्रो पूर्ण असहमति रहेको छः
१)कथित सहमति पत्रमा लेखिएको नव गठित कार्य समिति भन्ने कुरामा हाम्रो घोर भत्सना सहीत पूर्ण असहमति रहेको छ। २)बुदा नं. १ को गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी गठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई अनुमोदन गर्ने भन्ने बिषयमा हाम्रो पूर्ण असहमति रहेको छ ।
३)बुदा नं. ५ गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनानोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति देहाय अनुसार गठन गर्ने १. ओम गुरुङ (संयोजक) २. शिब प्रसाद पौडेल (सदस्य) ३. अनिता गुरुङ (सदस्य) भन्ने बिषयमा हाम्रो पूर्ण असहमति रहेको छ । ४)सेम्टेम्बर १५ सम्म संरक्षक भवन भट्ट ज्यू बाट सफत ग्रहण गर्ने निर्णय प्रति हाम्रो असहमति रहेकोछ ।
यी माथिका गलत र स्वार्थशिद्ध समूहको लागी राखिएका बुदाहरु तत्काल सच्याई निर्वाचित सार्वभौमिक कार्यसमितिको बैठकबाट बहुमतले पारित गरिएको निर्णयहरु मात्र सहमति गर्न गराउन अनुरोध गर्दै यो पत्र पेश गर्दछौ । ”
निर्वाचित सार्वभौम सम्पन्न कार्यसमितिका बिरुद्ध अनेक हर्कत गर्नु पहिले एनआरएनए जापानको खातामा रहेको संस्थाको १६,५६६,०५० येन रकम तत्काल दाखिला गर्न अन्तिमपटक अनुरोध गर्दछौ,विज्ञप्तीमार्फत भनिएको छ ।
एनआरएनए जापानको विवाद मिलाउन क्षेत्रिय समितीहरूले यस अघि पनि पहल गरेको र केन्द्रिय समितीका सबै पदाधिकारी तथा सदस्यहरू पनि मिल्न लागि सधै सकरात्मक रहदै गर्दा गलत तवरले मिलेको कुरा प्रति आपत्ती रहेको र माथिका बुदाहरू सच्याएर अघि बढेमा दुवै क्षेत्र र केन्द्रका बहुमत कार्यसमिती एकताको पक्षमा रहेको कुरा समेत केन्द्रिय समिती तथा क्षेत्रिय समितीद्धारा उल्लेख गरिएको छ।