दशैं आयो
तर मनमा खुशी छाएन
घरपरिवार साथीभाइ आफ्ना सबैलाई सञ्चै छ
तर पनि मनमा बेचैनी छ
भविष्यलाई सोंचेर मनमा नकारात्मक ढुकढुकी छैन
बितेका पललाई सम्झेर मनमा निराश पनि छैन
तर पनि कता हो कता मनमा अशान्ति छ।
आफ्नाको माया छदैछ, पराइले रिस पनि गरेको छैन
तर पनि दशैं आएको जस्तो लाग्दैन
सञ्चै छु आफूलाइ जति भने पनि खुशी छ
तर मन भने दुखी नै छ
शरीरमा पनि पीडा नै छ
तर पनि सबैको अगाडि नाटक गरेजस्तै भन्छु म ठिक छु
तर सबै कुरा मलाई थाहाँ छ
यो सृष्टिमा माया प्रेम दिने व्यक्ति पनि अनगिन्ती छन्
तर पनि मनमा किन हो किन
दशैं आएको जस्तो लाग्दैन।
गाउँमा पिङ पनि बनिसकेको छ
साथीभाइ पनि खेल्न जाउँ कि जाउँ भनेर कर गरिरहेका छन्
तर पनि मनमा खुशी नभएर होला
दशैं आए जस्तो लाग्दैन।
घरमा,
बाबाले दशैंमा लगाउने लुगा पनि किनी दिनुभएको छ
आमाले मिठो मिठो बनाएर खान पनि दिनु भएकै छ
साथीभाइ सँग खेल्दा रमाइलो पनि भएकै छ
तर पनि दशैंको रमाइलो आउन सकेको छैन।
म भन्दिनँ
आकाशको तारा टिपेर ल्याई दिन सके खुशी हुन्छु
म नोटसँग होईन चोटसँग हुर्केकी हुँ
मलाई खुशी हुन नयाँ कपडा, धेरै रुपैयाँ पैसा लगायत बहुमुल्य गिफ्ट चहिँदैन
म खुशी हुन त घरपरिवार लगायत आफ्नाहरु खुशी भए पुग्छ
यति हुँदाहुँदै पनि दशैं नजिकै आइपुगे जस्तो लाग्दैन ।
-आरती यादव