Khabar Board
Flash logo up side
flash header

बैतडीमा शिक्षक मृत्यु प्रकरण: आज जिल्लाभरीका शिक्षण संस्था बन्द रहने

Nirbachan m

बैतडी ।

बैतडीका शिक्षक धनबहादुर बिष्ट हत्या प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै शिक्षकका पेशागत संघसंगठनले आज जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरेका छन् । बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै आज (बिहीबार) जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरिएको संघर्ष समितिका सहसंयोजक लक्ष्मण बोहराले बताए ।

शिक्षक बिष्टको हत्यामा संलग्नको पहिचान भएको भन्ने खबर बाहिर आएपनि आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी रहेकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको उनले बताए ।

Center article

शिक्षक बिष्टको शव अझै आफन्तहरुले बुझि नसकेको अवस्था र घटनाका दोषी पनि सार्वजनिक हुन बाँकी रहेकाले पूर्वघोषित कार्यक्रम यथावत रहेको बोहराले बताए ।

कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट पौष २ गते शनिबारका दिन मृत अवस्थामा फेला परेका थिए । उनको हत्या नै भएको प्रहरीको निष्कर्ष रहेको छ । सीआइबीको टोली सहित अनुसन्धानमा खटेको प्रहरीले शिक्षक बिष्टको हत्या भएको र त्यसका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । घटनाको अझै पनि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.