आरती यादव, काठमाडौं ।
मसँग कुनै आश नगर
म जिउँदै लास बनि सकें !
आफू कस्तो हुनु थियोरु भन्ने कुरा
अहिलेसम्म पनि छ अधुरा
आफैले आफैलाई चिन्न बिर्सी सकें
उज्यालोमा पनि अँध्यारोलाई अपनाउन थाली सकें
खै कस्तो दिन आयोरु
आफैलाइ सम्हाल्न गाह्रो भयो
यति हुँदाहुँदै आफुले देखेको सपना सम्झन्छु
केही क्षण टोलाउँछु
फेरि आमा बुवाको अनुहार सम्झन्छु
फेरि सोंच्छु अब अगाडि बढछु” !
बाहिर चर्को घाम छ
भित्र कोइला खानी जस्तो अँध्यारो छ
आशै आशमा बितिरहेको जिन्दगी
निराशै निराश हुन पुगेको छ
आफैले आफैलाई प्रोत्साहित गरेर अघि बढछु
भन्ने कुरा सोंचाइमा मात्रै सीमित रहेको छ
लाग्छ यो सब मेरो भुल हो
अब केही गर्नुपर्छ, अघि बढनुपर्छ
दुखी भएको बेला ओंठले मुस्कानलाई त भुल्छ
यद्यपि म त एक मानव हुँ ,
आफैले आफैलाई सम्हाल्नु छ !
अब शून्यतामा पनि आशा खोज्नुपर्छ
निराशा सँगै मरेको आशालाई जन्माउनु पर्छ
रुँदै आएको यो संसारमा हाँसेर सबैको मन जित्नु छ
सबैलाई समेटी मायाले शत्रुको मन पनि जित्नु छ!