काठमाडौं ।
कति खुसी थियौ मेरी आमा त्यो दिन
जुन दिन भित्रको पीडा लुकाएर
मेरो अनुहार हेरेर मुस्कुराएकी थियौ !
अनि त्यही अनुहारमा नयाँ आशा र सपना देखेकी थियौ
जुन तिमीले पहिले गुमाएकी थियौ !!
तिम्रो शरीरको अंग अंगमा पीडा भएपनि मेरो अगाडि सधैं हँसिलो अनुहार बनायौ,
दुनियाँले दिन नसकेको माया प्रेम स्नेह दियौ,
तिम्रो भित्र जति रोदन र पीडा भएपनि मेरालागि शक्तिशाली नारी बन्यौ,
सोंच्दा पनि म झस्कन्छु
अचेत तुल्य हुन्छु तिमीले कसरी आफैले आफैलाई सम्हालेर मलाई यति ठुलो बनायौ ?
कति धेरै दुख खप्यौ मेरालागि
कति धेरै आँसु झार्यौ मेरालागि
कति धेरै खुसी भयौ मेरालागि
यो सब हुँदाहुँदै केही भएको छैन
सबै ठिक छ भन्छ्यौ मेरालागि।
कति धेरै चित्त दुख्यो होला तिम्रो
जब मैले तिम्रो लागि केही गर्न सक्दिन
टाढा भएर तिमीलाई अंगालोमा बेर्न सक्दिन
तिम्रो र मेरो बिच कुरा हुन सक्दैन।
घरबाट टाढा धेरै टाढा भएकी छु
आफ्नो गन्तव्य खोज्न
तिम्रो मन्तव्य बुझ्न
बुवाको साहस बन्न,
फर्कने छु एकदिन तिम्रा पूरा भएका सपना लिएर
बुवाको आँट लिएर
अनि आफ्नो गन्तव्य लिएर।
मेरी छोरी बिरामी भएको बेला
कसैले गर्दैन हेला
म जस्तै अरुले माया गर्दै होला भनेर नसोंच्नु है आमा ?
म आफै अब मान्छे चिन्न सक्दैछु
लडेर घाउ चोटलाई ठिक पार्दै उठ्न सिक्दै छु !!
महिना लागिसक्यो
छोरीलाई कतै रुपैयाँको समस्या पो आयो कि ?
खानेकुरा लगायत लगाउने वस्तुको कतै कमी पो भयो कि ?
मैले गरेको जस्तै माया पाउन नसकेर पो ठूलो शहरमा भौंतारिई किरु भन्ने पिर नलिनु है आमा ?
म आफै अब संसारलाई बुझी सक्षम हुन खोज्दै छु !!
कतै मेरो छोरी वनबास त गइन ?
कहिले कति दिनमा पढाई सकेर फर्किन्छे कि फर्किंदैनरु
म जस्तै उसले अरुबाट कथा नसुनेर
कतै नरमाइलो त महशुस भएन ?
यी यस्ता कुरा नसोंच्नु है आमा ?
म पनि तिमी जस्तै एक्लै रमाउन सिक्दै छु !!
कतै मेरी छोरीले
मलाई जसरी गाली गर्थी त्यसरी नै अरुलाई गाली गरेर सजाय त पाइनरु भन्ने नसोंच्नु है आमा ?
म तिम्रालागि उदाहरण बन्न सिक्दै छु !!
कतै मेरी छोरी
मसँग जसरी झगडा गर्थी त्यसरी झगडा गर्ने आमा नपाएर कतै उसलाई चिन्ता त भएनरु भन्ने नसोंच्नु है आमारु
म तिम्रालागि गौरव गर्ने लायकको व्यक्ति हुने प्रयास गर्दै छु !!!