हेटौंडा। निलगिरी बाल समूह कालिकाटोल हेटौंडा ८ को आयोजनामा एकदिने योग शिविर कार्यक्रम गरिएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका टोलबिकास संस्थाकि सचीव अर्चना कार्कीले जानकारी दिइन् ।
कालिका टोल बिकास संस्था हेटौंडा ८ कमानेको सह आयोजनामा आउँदै गरेको योग दिवस लाई लक्षित गरि गरिएको शिविरमा ८ देखि १८ बर्ष सम्मका २५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । सिमोन भट्टराईको सभाध्यक्षता तथा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्न थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कालिका टोलबिकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे , जिल्ला योगशिविरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको आतिथ्य ता रहेको थियो ।
बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना






नयाँ प्रकाशित
