काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला सिस्नेरीस्थित एकेडेमीका केही बालक पहिरोमा पर्दा बेपत्ता भएका छन्।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार शुक्रबार साँझ पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा केही बालक बेपत्ता भएको जानकारी दिए । लगातार वर्षाले पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा सो घटना भएको तर सम्पूर्ण जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको जानकारी दिए । शाहका अनुसार एन्फा प्रतिनिधि सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
मकवानपुरको प्रहरी प्रमुख उपरिक्षक सिताराम रिजालले घटनाबारे जानकारी आएको र प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । उनले घटनास्थल पुग्न बाटो बिग्रेकाले कठिनाइ भइरहेको बताए ।

















