काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले १४ जिल्लाका २५ स्थानमा रेकर्ड नै तोडेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १२ गते बिहान ८ः४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको हो।
यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ।