काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् । ‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । प्रधानमन्त्री आफैँ नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशाला पुगेका थिए ।