काठमान्डुले टस जितेर पहिले ब्याटिङ गर्ने

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङको निर्णय लिए ।

काठमाडौं जित निकाल्दै प्ले अफको सम्भावनालाई बलियो बनाउने सोचमा छ । यसअघि अघि चितवन राइनोजसँग ५ विकेट र सुदूरपश्चिमसँग ७३ रनले पराजित काठमाडौंले कर्णालीलाई तीन विकेट र लुम्बिनीलाई १८ रनले पराजित गरेको थियो । जनकपुरले काठमाडौंलाई पराजित गरे प्ले अफमा सम्भावनालाई बलियो बनाउने छ ।

सुरुआती चार खेलमा जित दर्ता गरेको जनकपुर पछिल्लो खेलमा भने पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । टोली सुदूरपश्चिम रोयल्ससँग भने ७२ रनले निरास बनेको थियो ।