एनपीएलमा अनिल साहले बनाए क्याचको कीर्तिमान

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले कुनै पनि खेलमा सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् । काठमाडौँ गुर्खाजविरुद्ध बिहीबारको खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् ।

साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यसतै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे । त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेर मल्लको बलमा दीपेश कँडेललाई क्याच आउट गरे ।

एनपीएलको २१ औँ खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्ससामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँ १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्स अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमध्ये एकमा हार बोहोरेको जनकपुरले ८ अङ्क बटुलेको छ । आजको खेल जिते टोलीले प्लेअफमा स्थान पक्का गर्नेछ ।