निशम बने ‘प्लेयर अफ द म्याच’

Image

काठमाडौं । एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका जनकपुर बोल्ट्सका जेम्स निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णालीलाई पराजित गर्न ४५ रन बनाउनुका साथै २ विकेट लिएका जेम्सले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कर्णाली याक्सका ओपनर देव खनाल ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

जनकपुरका शेर मल्लले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले ‘क्याच अफ द म्याच’ जितेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।