काठमाडौँ । सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुरविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर ब्याटिङको गरिरहेको सुदूरपश्चिमका लागि जैबले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।
जैबलाई २३ बलमा एक चौका र दुई छक्कासहित ३० रन बनाएका विनोद भण्डारीले साथ दिइरहेका छन् । जैबको अर्धशतकसँगै सुदूरपश्चिमले १० ओभरमा कुनै पनि विकेट नगुमाई ९७ रन जोडेको छ ।
ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा ४८ रन जोडेको सुदुरपश्चिमले थप चार ओभरमा ४४ रन बनाएको हो ।















