भोलि नेपाल बन्दको हेटौंडामा मसाल जुलुस प्रदर्शन

Image

हेटौंडा । एमसीसी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले गरेको नेपाल बन्दको पूर्वसन्धामा हेटौंडामा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

हेटौंडाको चौकीटोल लोकप्रिय होटल नजिकबाट बुद्धचोकसम्म मसाल जुलुस गरिएको विप्लव मकवानपुरले जनाएको छ ।भोलिको बन्दको जानकारी दिन साथै बन्दलाई सफल बनाउनको लागि मसाल जुलुस निकालेको उनिहरुले बताएका छन् ।

सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले भोलि संसदमा एमसीसी टेबुल गर्ने भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले यसविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल बन्द आह्वान गर्ने दलहरू को को हुन?

नेपाल बन्दको घोषणा गर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा,नेकपा क्रान्तिकारी,नेकपा,वैज्ञानिक समाजवादी,नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु रहेका छन्