Khabar Board
Flash logo up side
flash header

नेकपा माओवादी केन्द्रले बैतडीमा छनौट गर्यो उम्मेदवार, कुन पालिकामा को ?

Nirbachan m

बैतडी ।

नेकपा माओवादी केन्द्रले बैतडीका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । कुनै तहमा चुनावी तालमेल र कुनै तहमा एक्लै चुनाव लड्ने गरी उम्मेदवारको टुंगो लागेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।

दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेमसिंह थापालाई उम्मेदवार बनाएको छ । यस्तै पाटनको उपमेयरमा कमल बोहरालाई उम्मेदवार बनाएको छ ।

Center article

मेलौली नगरपालिकाको मेयरमा भीमबहादुर चन्द र उपमेयरमा मनिषा दयाल र पुर्चौंडीको मेयरमा विक्रम कुँवर (प्रतीक) र उपमेयरमा नन्दा शाहलाई उम्मेदवार चयन गरेको संयोजक भण्डारीले बताए । यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह साउँद र उपाध्यक्षको टुंगो लाग्न बाँकी रहेको छ । यी तीन पालिकामा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ ।

सुर्नयामा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादीले उपाध्यक्ष पदमा स्वेता भट्टलाई उम्मेदवार बनाएको छ । यस्तै दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम), शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद र डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शितल)लाई उम्मेदवार बनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.