काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले वल्र्डकप फुटबल जस्तै राजनीतिक खेल ‘टाइब्रेकर’मा पुग्ने त हैन भन्ने प्रश्न गरेका छन् । “हालै सम्पन्न वल्र्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?,” भट्टराईको प्रश्न छ ।