Khabar Board
Flash logo up side
flash header

सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई

Nirbachan m

काठमाडौं ।

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकबाट लामिछानेले सरकारको प्रवक्ता भएका हुन्। सरकारको प्रवक्ताले मन्त्रिपरिषद्‌का निर्णय तथा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्छन्।

सामान्यतया सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन रहेपनि उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ।

Center article

सोमारबा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा ३ उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी तोकिएको छ। उपप्रधानमन्त्रीहरु विष्णु पौडेलले अर्थ, नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

४ जना मन्त्रीहरु ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको भने जिम्मेवारी तोकिन बाँकी छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.