Khabar Board
Flash logo up side
flash header

प्रधानमन्त्रीले खोज्दाखोज्दै संसद्‌मा ओली उपस्थित !

Nirbachan m

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनका क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीसहितका सांसद अनुपस्थिति रहेको भन्दै प्रश्न उठाएका छन् ।

सोमबार आफूले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तारूढ दलका सांसदहरू नै अनुपस्थित भएको भन्दै उनले खल्लो महसुस गरेको बताए ।

Center article

त्यही क्रममा एमाले अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता ओली संसद् बैठकमा प्रवेश गरेका थिए । “प्रमुख प्रतिपक्षी दलका नेता नहुँदा खल्लो भएको भनेको थिएँ, उहाँ आइपुग्नुभएको छ, धन्यवाद,” प्रधानमन्त्री प्रचण्डले भने ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.