भुटानका राजा वाङचुक काठमाडौंमा

Image
अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नु भएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री डा आरजु र

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस