Khabar Board
Flash logo up side
Nirbachan aayog

तस्बिरमा हेरौं ‘भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका’ विषयक अन्तरक्रिया

Nirbachan m

डडेल्धुरा ।

डडेल्धुराका सात स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । यस्तै कञ्चनपुरमा भने ३५ उजुरी परेका हुन्।

चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियार कार्यालयमा ३५ उजुरी दर्ता भएको आयोग कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

सूचना अधिकारी बस्नेतले शुक्रबार डडेल्धुरामा आयोजित ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रद्धर्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक जिल्लास्तरीय अन्तक्रियामा सो तथ्यांक प्रस्तुत गरेका हुन्। उनका अनुसार गत आर्थिक वर्षबाट सरि आएका २४ र चालु आवमा दर्ता भएका ११ गरी जम्मा ३५ उजुरी परेका हुन्।

जसमध्ये चालु आर्थिक वर्षमा १२ वटा उजुरी फछर्यौट भइसकेको र २३ उजुरी फछर्यौट हुन बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए। तीमध्ये सबैभन्दा बढी आलिताल गाउँपालिकाका ६, अजयमेरुका ५, परशुराम, अमरगढी नगरपालिकाका र नवदुर्गा गाउँपालिकाका ३–३ तथा गन्यापधुरा गाउँपालिकाका २ र भागेश्वर गाउँपालिकाका १ उजुरी फछर्यौट हुन बाँकी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार जनप्रतिनिधि आएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उजुरी पर्ने क्रम बढिरहेको छ। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार, विकास निर्माणमा मापदण्ड विपरीत काम, कामै नभइ भुक्तानी दिएकोलगायतका जस्ता उजुरी परेका छन्।

‘भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका तस्बिरहरु

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.