काठमाडौं ।
२७५ जना प्रतिनिधि सभाका सदस्य निर्वाचित भएकोमा ४ जना सदस्य सपथ ग्रहणमा अनुपस्थित भएको छन्। संघीय संसद सचिवालयका अनुसार नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र) का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएका छन्।
सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाका अनुसार उनीहरुमध्ये प्रेमबहादुर आले आफ्नी आमाको निधन भएका कारण अनुपस्थित भएका हुन्। यस्तै अरु सांसद पनि व्यक्तिगत समस्याका कारण अनुपस्थित भएका थिए।