स्वतन्त्र विद्यार्थी युनियन, हेटौंडा क्याम्पसको फेरि भेटौँला” तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Image

हेटौंडा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा कक्षा १२, स्नातक तह चौथो वर्ष तथा स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीहरूलाई सम्मान, “फेरि भेटौँला” तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बिहान स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका कार्यबाहक अध्यक्ष भरत मोहन देवकोटाको सभाध्यक्षतामा तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष आनन्द राम पराजुलीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको स्ववियु सदस्य नितेश भण्डारीले बताए ।
यस्तै कार्यक्रममा विशेष अतिथि हेटौंडा वडा नं. ४ का वडा अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समिति सदस्य नवीन सिग्देल,अतिथिहरू क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर,निवर्तमान क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरे,पूर्व क्याम्पस प्रमुख देविराम लामा,सहायक क्याम्पस प्रमुख डा. विजय नेपाल तथा डा. लिलानाथ डुङ्गेल,निवर्तमान सहायक क्याम्पस प्रमुख मनोज पोखरेल र रामु कँडेल,पूर्व स्ववियु अध्यक्ष उमेश पुरी,नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य सन्तोष पौडेल,अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी संयोजक नमराज शर्मा पौडेल,तथा अन्य प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको भण्डारीले बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तह र स्नातकोत्तर तहमा (२०८२) का परीक्षामा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको नितेश भण्डारीले बताए ।