व्यवसायीका समस्या समाधानमा सहकार्य गर्ने सांसद गौतमको प्रतिबद्धता

Image

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा व्यवसायीहरूले प्रतिनिधिसभा सदस्य प्रकाश गौतमसँग विभिन्न समस्या समाधानको माग गरेका छन्।

कार्यक्रममा सहभागी व्यवसायीहरूले करसम्बन्धी जटिलता, पूर्वाधारको अभाव, उद्योग सञ्चालनमा देखिएका चुनौती, कृषि बजारको व्यवस्थित व्यवस्थापन र सुरक्षा व्यवस्थामा सुधार आवश्यक रहेको बताएका थिए। उनीहरूले व्यवसायमैत्री वातावरण निर्माण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिएका छन्। साथै, अस्पतालको स्तरोन्नति, सिसिटिभी जडान र औद्योगिक क्षेत्रको व्यवस्थापन सुधारका लागि पनि काम अघि बढिरहेको बताएका छन्।
गौतमले उठाइएका समस्याहरू समाधानका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।