हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले १३ वटा ओभरलोड टिपर नियन्त्रणमा लिएको छ।
मिति २०८३ साल वैशाख १२ गते बेलुका करिब १८:१० बजेको समयमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी क्षेत्रमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेका टिपरहरूलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ती टिपरहरूमा चुनढुंगा ओभरलोड गरिएको तथा आवश्यक बिल कागजातसमेत नभएको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले उक्त १३ वटै टिपरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान गरिरहेको छ।
नियन्त्रणमा लिइएका टिपरहरूको विवरण यस प्रकार रहेको छ: म.प्र.०३-००१ क २५९५, म.प्र.०३-००१ क २५८१, बा.प्र.०३-००१ ख १२७३, बा.प्र.०३-००१ ख १२७२, ना.८ ख ४३८२, म.प्र.०३-००१ क २५९१, म.प्र.०३-००१ क २५८३, बा.प्र.०३-००१ ख १२७०, ना.८ ख ५०२९, ना.१ क ८७०१, ना.१ क ८६९८, ना.१ क ८६९६ र बा.प्र.०३-००१ ख ४६६२ रहेका छन्।
प्रहरीले ओभरलोड तथा कागजातविहीन सवारीसाधनमाथि निगरानी बढाइएको बताएको छ।
















