फरार प्रतिवादी पक्राउ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २०८३ वैशाख २० गते दिउँसो करिब २:२५ बजे हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडबाट ४५ वर्षीय सन्तोष न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

उक्त मुद्दामा २०८३ वैशाख १५ गते मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट पक्राउ अनुमति जारी भएको थियो। घटनापछि फरार रहेका उनलाई खोजतलासका क्रममा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ।