हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका लेखा प्रमुख संजय कुमार न्यौपाने जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको लेखा सुपरिवेक्षण समिति संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ।
शनिबार सम्पन्न संस्थाको १८औँ साधारणसभा तथा अधिवेशनबाट न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको हो। समितिको सदस्यमा अमर लामा र सृजना रिमाल रहनुभएको छ।
अधिवेशनले दिर्घ नारायण भट्टराईको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति पनि सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा जयराम धिताल, सचिवमा मैयादेवी लामा र कोषाध्यक्षमा हरि खड्का चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा कृतिका आचार्य, ध्रुवप्रसाद लामिछाने, दीपा बुढाथोकी, मनोज सुवेदी र विनोद चौलागाईं चयन हुनुभएको छ।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

















