हेटाैँडा/हेटाैँडा वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले हामीले प्रदेश राजधानी बनाईरहेकाे बताउनु भएकाे छ । हेटाैँडा ४ नं. वडा केवल एउटा वडा मात्र नभएर बाग्मती प्रदेशकाे राजधानीकाे मुहार भएकाेले हामीले ४ नं. वडाकाे विकासलाई वडागत मात्र नभएकाे उहाँकाे भनाई छ ।
चिल्ड्रेन पार्क टाेल विकास संस्थाकाे २४ औँ साधारणसभा उद्घाटन गर्दै उहाँले उत्कृष्ट प्रदेश राजधानी बनाउन सुविधा सम्पन्न भाैतिक पूर्वाधार, शिक्षा, खेलकुद, धार्मिक पर्यटन, खुल्ला मैदानहरूकाे स्तरीकरणलाई प्राथमिकतामा राखेर कार्य भईरहेकाे बताउनु भयाे ।
गाडि सडकबाट, मान्छे पेटीबाट, भूमिगत ढल, हरित नगर, उज्यालाे र सुरक्षित सहर र बस्ति बनाउन ध्यान दिएकाे बताउनु भयाे । उहाँले वडामा स्तरीय विध्यालय भवन, २ वटा कवड हल, किरियापुत्री भवन, याेगा भवन, सार्वजनिक शाैचालय, घरेलु उत्पादन तथा प्रदर्शनी भवन, प्रहरी कार्यालय, स्वास्थ्य केन्द्र, जेष्ठ नागरिक कक्ष लगायतकाे संरचना, चिल्ड्रेन पार्ककाे स्तरीकरण, श्रमिक पार्क र खेल मैदान आफ्नाे कार्यकालमा निर्माण गरिएकाे बताउनु भयाे ।
सफा र हरियाली सडक, गुणस्तरीय विध्यालय शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुर्याउन विभिन्न गतिविधि प्राथमिकताका साथ अगाडि बढाएकाे वडा अध्यक्ष सिग्देलकाे भनाई रहेकाे छ । महिला, बालबालिका, युवाहरूकाे क्षमता अभिवृद्वि र सीपमूलक कार्यक्रम समेत नियमित सञ्चालन गरिरहेकाे छाैँ भन्दै उहाँले केही सडकहरू निर्माण व्यवसायीकाे उदासिनता, बजारमा निर्माण सामग्री अभाव र महङ्गीकाे कारण तदारूकतासंग अगाडि नबढेकाेले यथाशिघ्र कार्य अधुराे कार्य अगाडि बढाउन लागिपरिरहेकाे बताउनु भयाे ।
टाेल विकास संस्थाकी अध्यक्ष सुशिला श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभामा सामाजिक अगुवाहरू बद्रिप्रसाद लम्साल र गणेश श्रेष्ठलगायतकाे आथित्यता रहेकाे थियाे । कार्यक्रममा वार्षिक प्रगति विवरण तथा आयव्यय पारित गर्नुका साथै उत्कृष्ट बचत, ऋणी र नियमित उपस्थिति हुने हरूलाई सम्मान समेत गरिएकाे टाेल विकास संस्थाकी सचिव कल्पना थापाले जानकारी दिनुभयाे ।

















