४ नं. वडालाई विकासको केन्द्र बनाएका छाैँ: वडा अध्यक्ष सिग्देल

Image

हेटौंडा/ हेटाैँडा-४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले सार्थक विकासकाे लागि चाैतर्फी  विकास आवश्यक रहेकाे बताउनु भयाे ।  बुद्व टाेल विकास संस्थाकाे रजत जयन्ति तथा २५ औँ साधारणसभाकाे उद्घाटन गर्दै भाैतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा र सँस्कृतिकाे प्रवद्वर्न, पर्यटन, कृषि, उधाेग सबै क्षेत्रमा हुनुपर्ने बताउनु भयाे ।

पालिका र वडाकाे विशेषताकाे आधारमा विकासमा जाेड दिनुपर्ने भन्दै आफूले व्यवस्थित सहर र बस्ति बनाउन, विध्यालय शिक्षाकाे गुणस्तर बृद्वि गर्ने, स्वास्थ्यमा वडाबासीकाे सहज पहुँच पुर्याउन, खेलकुदकाे प्रवर्द्वन गर्ने, वडालाई हरियाली बनाउन, भाषा साँस्कृतिकाे प्रवर्द्वन, महिला र युवाकाे सीप र राेजगारीलाई प्राथमिकताका साथ कार्य रहेकाे बताउनु भयाे ।

अधुरा र अलपत्र परेका सडकका कार्यहरू अगाडि बढाउन आफूले प्रयास गरिरहेकाे र नयाँ कार्यहरूकाे थालनी गर्न लागेकाे बताउनुभयाे । उहाँले हामीले केवल वडा मात्र नभएर बाग्मती प्रदेशकाे राजधानीकाे मुहार बनाउँदैछाैँ र उपमहानगरपालिकाे केन्द्रमा रहेकाे वडा भएकाेले विकासकाे केन्द्रकाे रूपमा स्थापित गरिएकाे समेत दावि गर्नु भयाे ।

टाेल विकास संस्थाकी अध्यक्ष शान्ता थापाकाे अध्यक्षतामा भएकाे साधारणसभामा टाेल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, समाजसेवी तथा शैक्षिक व्यक्तित्व कृष्णप्रसाद घिमिरे, पूर्व अध्यक्ष, सल्लाहकारहरूलगायतकाे आथित्यता रहेकाे थियाे । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विध्यार्थी, उत्कृष्ट ऋणी, पूर्व अध्यक्षहरूलाई सम्मान गरिएकाे संस्थाकी सचिव वविता उदासले बताउनु भयाे ।