हेटौँडा। हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुर आधारभूत स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु गरिएको छ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले शनिबार आयोजित कार्यक्रममा प्रयोगशाला सेवाको उद्घाटन गर्नुभएको हो। वडा नम्बर ११ की अध्यक्ष जुना दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो।
प्रयोगशाला सेवा सातामा दुई दिन सञ्चालन हुने वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रयोगशालाबाट सुगर परीक्षणलगायत विभिन्न स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ।
कार्यक्रममा वडा सदस्यहरू, टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आयोजक : नवलपुर आधारभूत स्वास्थ्य केन्द्र, हेटौँडा–११, मकवानपुर।
















