सिमलटार युवा क्लबको अध्यक्षमा पुनः प्रभाकर पुडासैनी निर्विरोध

Image

हेटौँडा । सिमलटार युवा क्लब हेटौँडा–११ को अध्यक्षमा पुनः प्रभाकर पुडासैनी निर्विरोध चयन भएका छन् ।

क्लबको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जितेन स्याङ्तान, सचिवमा अजयप्रसाद कुर्मी, सहसचिवमा उमेश बस्नेत र कोषाध्यक्षमा उज्ज्वल श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा विष्णु भोम्जन, गौतम कार्की, भोला पुन मगर र बसन्त भुर्तेल निर्विरोध चयन भएका छन् ।

हेटौँडा–११ थानाभर्‍याङस्थित सिमलटारमा आयोजित कार्यक्रम क्लबका अध्यक्ष प्रभाकर पुडासैनीको अध्यक्षता तथा सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा श्री शंकरज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिं तितुङ (विकास) लगायतको आतिथ्यता रहेको थियो ।