चितवन ।
चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानुजंग लामा विजयी भएका छन् ।
नेपाली कांग्रेसको बलियो गढ भनेर चिनिने यो क्षेत्रमा गबवन्धनका उम्मेदवार कांग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८५७ मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् ।
लामाले १७ हजार ८१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका घिमिरेले गठबन्धन दलकै भोट पाएनन् ।
२०७४ मा यही क्षेत्रबाट निर्वाचित नेकपा एमालेका पूर्वप्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो भए । उनले ११ हजार ६२३ मत मात्रै प्राप्त गरे ।