Khabar Board
Flash logo up side
flash header

हेटौंडा११ स्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि निर्मम कुटपिट बाँया हात भाँचियो

Nirbachan m

हेटौंडा। हेटौंडा११ स्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि निर्मम कुटपिट भएको घटना बाहिरिएको छ ।
विद्यालयको अनुशासन नमानेको भन्दै कक्षा–६ मा अध्ययनरत वर्ष १२ का सिर्जन उप्रेतीमाथि निर्मम कुटपिट भएको घटना अहिले बाहिरिएको हो ।

गएको फागुन २८ गते सिर्जनमाथि विद्यालयका ड्रोइङ शिक्षक सरोज श्रेष्ठले विद्यालयको अनुशासन नमानेको भन्दै निर्मम कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट सिर्जनको बाँया हात दुई ठाउँमा भाँचिएको थियो ।

हात भाँच्चिएपछि विद्यालयले पीडित बालकको उपचारसमेत गर्न नमानेको पीडित विद्यार्थीका मनहरी–३ निवासी बाबु केदार उप्रेतीले दुखेसो पोख्दै जानकारी दिएका छन् ।

मैले चुरेहिल अस्पतालमा सामान्य उपचार गराएँर निको नभएपछि थप उपचार हेटौंडा अर्थोपेडिक अस्पतालमा गर्नुपर्यो उपचारमा करिब १ लाख रुपैयाँ खर्च भइसक्यो । २ महिनादेखि त्यही छोराकै उपचार र स्याहार गर्न लागिपरेको छु । आफ्नो काम गर्न पनि पाएको छैन भन्दै पीडित विद्यार्थीका बाबु उप्रेतीले गुनासो गरेका छन् ।

Center article

पछिल्लो पटक गत शुक्रबार कक्षा–५ मा अध्ययनरत संकल्प उप्रेतीलाई कुटपिट गरिएको पीडितका अभिभाकले जनकारी दिएको छ ।

अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकहरुको गुनासो रहेको छ त्यसैले उचित छानबिन होस् ।

( तुखबरबाट)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.