हेटौडा – हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन आग्रह गरेको छ । उपमहानर भित्र रहेका सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई पुनः भर्ना शुल्क नलिन आग्रह गरिएको हो ।

उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले एक सूचना जारी गर्दै पुनः भर्ना शुल्क नलिन आग्रह गरेको हो । जारी सूचनामा निजी तथा सरकारी विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिइसकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नका लागि कुनै किसिमको शुल्क लिन नपाउने उल्लेख गरिएको छ ।
यदी कुनै विद्यालयले उपमहानगरको उक्त नियम कानुन विपरीत हुने गरी भर्ना शुल्क लिएको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ
















