हेटौंडा – नेकपा एसको नवौं जिल्ला अधिवेशन को पुर्व सन्ध्यामा युवा संघ नेपाल मकवानपुरले हेटौंडामा मोटरसाइकल र्याली गरेको छ । युवा संघका नारायण ढकालको सम्योजकत्वमा भएको र्यालीले शितलमहल चोक पार्टी कार्यालयमा भेला भएर नगर परिक्रमा गरि सिमाचोकमा कोण सभामा परिणत भएको थियो ।युवासंघ जिल्ला अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालले हेटौंडा समाजवादिमय भएको दाबी गरे ।

उनले नेकपा एकीकृत समाजवादी पार्टी भन्दा अरु विकल्प नरहेको बताए । र्यालीमा ३५० वटा मोटर साइकल चालकको सहभागिता रहेको संघका जिल्ला उपाध्यक्ष सफल अधिकारीले जानकारी दिए । कार्यक्रममा युवा नेता रामेश राई लगायत पार्टी का प्रदेश तथा जिल्ला , नगर् र वडा नेता तथा युवाहरुको सहभागीता रहेको थियोे । १५ र १६ गते अधिवेशन हुने र अधिवेशनको समुद्घाटन पुर्व प्रधानमन्त्री तथा पार्टी का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

















