बागमती प्रदेश स्वास्थ्य मन्त्रीले गरे हेटौंडा अस्पतालको अनुगमन

Image

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालमा अनुगमन गर्नुभएको छ । शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठले अनुगमन गर्नुभएको हो । अनुगमन गर्दै मन्त्री श्रेष्ठले विरामीको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । अनुगमनको क्रममा श्रेष्ठले अस्पतालमा उपचारका लागी आएका सर्वसाधारणहरुसँग उनीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालमा भएका पानीजारमा सर्वसाधरणका लागी आवश्यक पर्ने पानी राखिदिन साथै शौचालयलाई अझ सरसफाई गर्न र महिलाका लागी सेनिटरी प्याड राखिदिन अस्पतालका प्रसाशनलाई निर्देशन समेत दिनुभयो । हेटौंडा अस्पतालमा विरामीको भिड देख्दा र जनता अफ्टेरोमा परेको देख्दा आफुलाई निकै नै दुःख लागेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

विरामीको उपचारका लागी ओ पि डि बढाएर भए पनि उनिहरुको स्वास्थ्यका लागी खट्न र विरामीलाई चाहिने पर्याप्त औषधिको कमि हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठसँग अस्पतालमा आएका सेवाग्राहीहरुले स्वास्थ्य बिमाको सेवा लिन, फार्मैसीमा औषधी लिन समस्या भोग्नुपरेको गुनासो गरेका थिए । स्वास्थ्य मन्त्री श्रेष्ठले अस्पतालका कर्मचारीहरुलाई सेवाग्राहीको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो ।

उहाँले सेवाग्राहीको समस्या समाधान गर्न मन्त्रालयले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तोरोन्नतिका लागी आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्था बारे जानकारी लिदै समस्या भए समाधान गर्न निर्देशन दिनुभयो । श्रेष्ठले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्र्जीकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयू,लगायत विभिन्न कक्षको समेत अनुगमन गर्नुभएको थियो । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक एकहजार भन्दा बढी सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।