हेटौंडा – सशस्त्र प्रहरी बल १४ नं गण हेडक्वार्टर मकवानपुरले १४ औँ स्थापना दिवसको अवसरमा हेटौंडा अस्पताल वरपर सरसफाई गरेको छ ।
साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन अस्पताल परिसर सरसफाई गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरीको टोलीले सरसफाइ गरेका थिए ।
सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व पुरा गर्दै सर्वसाधारण उपचारका लागि आउने ठाउ अस्पताल सरसफाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण हेडक्वार्टर माकवानपुरका निमित्त प्रमुख चिरञ्जीवि प्रसाईँले बताएका हुन्।
सरसफाइ कार्यक्रममा हेटौंडा अस्पताल वरपर साथै पार्कंङ क्षेत्र सरसफाई गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाल, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीधर अर्याल, हेटौंडा उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी लगायतको सहभागिता रहेको थियो ।