१९ गतेदेखि देखि हेटौंडा ७ नागस्वतीमा संस्कृति मेला हुने

Image

हेटौँडा – मकवानपुरको हेटौँडाको उपमहानगरपालिकाको वडा नं ७ मा रहेको नागस्वती बेलीब्रिजमा नागस्वती युवा क्लब ले संस्कृति प्रवर्द्धन मेला २०८१ आयोजना गरेको छ। मेला वैशाख १९ गतेदेखि ३० गतेसम्म हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागस्वती युवा क्लबले स्थानीय संस्कृति प्रवर्द्धन साथै कृषि प्रदर्शनी गर्ने उद्देका साथ यो मेलाको आयोजना गर्न लागेको बताएका छन ।
मेलामा मकवानपुर जिल्लाभरिबाट विभिन्न कृषि प्रदर्शनीहरू राखिने र स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रमहरू समावेश गरिने छ ।

११ दिन लाग्ने मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुनेछन्। राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, पृति आले, शान्ति श्री परियार, प्रमोद खरेल लगाएतको प्रस्तुति रहने छ । मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विविध कला, सङ्गीत र नाचका कार्यक्रमहरू गरिने आयोजकले बताएका छन ।

पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश गर्न मिल्नेछ भने अन्य दिनहरूमा शुल्क लिइने बताएको छ।