हेटौंडा । आउँदो जेठ १८ र १९ गते नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अबिधेशन हुने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा उद्घाटन् गर्ने कार्यक्रम रहेको जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले बताउनुभयो ।
अधिवेशनमा १०२ वटै वडाका प्रतिनिधिहरु र पर्यवेक्षकहरु लगायत करिब २ हजार ५ सय जना सहभागि हुने दाहालले बताउनुभयो ।
एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देबी ज्ञावलीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
एमाले केन्द्रिय सदस्य रामेश्वर राना, केदार न्यौपाने, केन्द्रिय सल्लाहाकार सुर्यचन्द्र न्यौपाने, प्रदेश सदस्यह समेतको आतिथ्यता बसेको बैठकले अधिवेशनको मिति तोकेको अधिवेशन प्रचार प्रसार समितिका संयोजक तथा एमाले मकवानपुरका प्रचार विभागका प्रमुख धुर्ब प्रसाद चौलागाईले बताउनुभयो ।
जिल्ला अबिधेशन सम्पन्न गर्न उपसमितीहरु यसप्रकार बनाईएको छ।
राजनैतिक तथा संगाठनिक प्रतिवेदन लेखन संयोजकमा एका लाल लाल श्रेष्ठ, मञ्च व्यवस्थापन संयोजकमा लाल ब थापा, प्रतिनिधि व्यवस्थापन संयोजक नबिन सिग्देल, अतिथि सत्कार संयोजकमा सीता विष्ट, आर्थिक व्यवस्थापन संयोजक हिदम लामा, प्रचार प्रसार संयोजक ध्रुब प्रसाद चौलागाई, आर्थिक प्रतिवेदन, बजेट र कार्ययोजना संयोजक इन्द्र नेपाल, स्वयंसेवक परिचालन संयोजक सुनिल मोक्तान, खाना व्यवस्थापन संयोजक फुर्वा दोर्जे लामा,स्वास्थय सेवा समिति संयोजक जुना दहाल, जन सांसकृतिक समिति संयोजक मेम्बर लो र सचिवालयको संयोजकमा राजन थापालाई जिम्मेवारी दिईएको छ ।