Khabar Board
Flash logo up side
flash header

हेटौंडा बसपार्कमा खुकुरी प्रहार: एकजना गम्भिर घाईते

हेटौंडा – मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.१० बसपार्कमा शनिबार बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने २० बर्षीय समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ बर्षीय आयुष कुँवरलाई खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यातायात कार्यालय हेटौँडा

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन साथै दाहिने हातको कान्छि औलामा चोट लागेको छ भने उनको उपचारको लागि हेटौडा अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइसकेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको पनि बताईएको छ । साभार प्रहर खबरबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.