अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिध्यार्थी युनियन को ६० औं स्थापना दिवस को उपलक्ष्यमा दिपप्रज्वलन

Image

हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी को भातृसङगठन युवा संघको ३५ औं स्थापना दिवस र अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिध्यार्थी युनियन को ६० औं स्थापना दिवस को उपलक्ष्यमा हेटौंडा ४ को शितल महल चोकमा दिपप्रज्वलन कार्यक्रम गरिएको छ ।

पार्टीका जिल्ला अध्यक्ष विस्नु दाहाल ले मैनबत्ती बालेपछी शुरु भएको कार्यक्रममा युवासङगका जिल्ला अध्यक्ष किरणमान बल , बिध्यार्थी संगठनका जिल्ला अध्यक्ष अरुण बर्तौला , पार्टी जिल्ला सचीव धुर्व भुजेल लगायत काको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम युवासंघ , बिध्यार्थी संगठन को संयुक्त आयोजनामा गरिएको थियो ।