नि :शुल्क टेलरिङ्ग तथा ब्युटिशियन तालिम शुरू

Image

हेटौंडा । हेटौंडामा ११ मा टेलरिङ्ग तथा ब्युटिशियन तालिम को शुरूवात भएको छ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पौडेल ले तालिम पूरा गरेर आयस्रोतको बजारसंग जोडीन तालिममा सहभागी हरुलाइ आग्रह गरे । सीप सिकेर उद्दम्शिल भए आर्थिक रूपमा सबल भइन्छ रोजगारिताको लागि कसैको मुख ताक्न नपर्ने पौडेलको भनाइ थियो ।

यस्तै कार्यक्रमका अर्का अतिथी बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं ले तालिम पूरा नगरि रहर मात्र गर्नेहरुको लागि तालिमको आयोजना नगरिएको बताए ।

उनले तालिम प्रदायक संस्था लाई तालिममा कुनै कमि नगर्न समेत सुझाए । प्रदेश युवा परिषद बागमती को आयोजनामा आयोजित तालिमको प्रदायक संस्था युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रा. लि. काठमाडौ रहेको छ ।

संस्थाले देसैभरी सिपमुलक तालिम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक केदार बास्तोलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको समन्वयमा शुरु भएको तालिममा ४० जना सहभागी छन् । वडाअध्य्क्ष जुना दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो