हेटौंडा – बागमती प्रदेशकि बिना बिभागिय मन्त्री रमा आलेमगर लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । सामाजिक बिकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको बागमती प्रदेशका सांसदहरु बताउँछन् ।
हेटौंडामा भएको मन्त्रीपरिषद को बैठकको निर्णय ले मगरलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो । अहिले बागमती प्रदेशमा १३ वटा मन्त्रालय पुगेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकि मगर ४४ दिनदेखी मन्त्रालय बिहिन थिइन् । २०८० चैत १९ गते बिना बिभागिय मन्त्री नियुक्त भएकि हुन् मगर ।
मगरले मन्त्रालय पाए बिस्वासको मत दिने नत्र काठमाडौ बाटै नआउने अडान राखेपछि उनलाइ मन्त्री नियुक्त गरिएको जानकारहरु बताउछन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाइ बिस्वासको ५६ मत चहिन्थ्यो र उनले ५६ नै मत पाएका थिए । त्यस्कारण पनि उनले मगरलाई मन्त्रालय बढाएरै भएपनी मन्त्रालयको जिम्मेवारी दिएका हुन । मगरले भौतिक पुर्वाधार बिकास मन्त्रालय दाबी गरेकी थिइन् । चन्द्रागिरी नगरपालिकाकि मगर काठमाडौ निर्वाचन क्षेत्र नम्वर १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

















