गौरीटारमा रहेको प्रदेश खेलकुद परिषदको प्राङ्गणमा युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री आलेलाई स्वागत

Image

हेटौंडा । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले आज पदस्थापन गरेकी छिन्।

हेटौंडा– ६ गौरीटारमा रहेको प्रदेश खेलकुद परिषदको प्राङ्गणमा युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री आलेलाई स्वागत र उनले पदस्थापन गरेकी हुन् ।

पदस्थापन भएको पहिलो दिनमा बोल्दै मन्त्री आलेले आगामी दिनहरुमा खेलकुदका लागि तयार भएको पूर्वाधार र पर्यटनलाई सँगै लाने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भाँडाको घरमा मन्त्रालय राख्न मन नलागेकाले सरकारकै लगानीमा बनेको ठाउँलाई उपयोगमा ल्याउन मन्त्रालय गौरीटारमै राखिएको उनले बताएकी छिन् । यूवा तथा खेलकुदका क्षेत्रमा सरोकारवाला व्यक्तिहरुसँग टिम वर्क गरेर अघि बढ्ने ,निति तथा योजना सँगै अघि बढेर बागमती प्रदेशको खेलकुद तथा यूवा विकासलाई अघि बढाउने प्रयास गर्ने बताउनुभयो।

उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।