Khabar Board

अटो तथा इ रिक्सा व्यबसायीहरु को दोस्रो जिल्ला भेला सम्पन्न

हेटौंडा । नेकपा एकीकृत (समाजवादि ) पार्टी मकवानपुर को घटक संगठन एकीकृत अटो तथा इ- रिक्सा युनियन मकवानपुर समाजवादि को दोस्रो जिल्ला भेला सप्पन्न भएको छ । सन्तोष ओझाको सभाध्यक्षतामा हेटौंडा ४ स्थित एकीकृत समाजवादी पार्टी को सभाहलमा भएको भेलाले कृष्ण प्रसाद उप्रेती को अध्यक्षतामा १९ स्दस्यिय नयाँ समिति गठन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा प्रदीप प्रसाद सुवेदी, सचिवमा बिश्वमित्र सापकोटा, कोषाध्यक्षमा विष्वराज सुर्खेती लाई चयन गरेको छ । यसैगरी खेमलाल कार्की, प्रकाश भट्ट, देवराज लामा, बासु राना मगर, किरण लामा, बिनोद कार्की, धनपती कुवर लगायत लाई सदस्यमा चयन गरेको छ । कार्यक्रममा पार्टीका जिल्ला सचिव धुर्ब भुजेल, उपसचिव किशोर बर्तौला, ट्रेड युनियन का जिल्ला सदस्य दिपक बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.