हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले एकवर्षे कार्यकालका कार्यहरु सार्वजनिक गरेका छन् । हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले कार्यबिबरण सार्वजनिक गरेका हुन् । २०८० जेठ ६ गते मन्त्री नियुक्त भएका श्रेष्ठले २०८१ जेठ् ०८ सम्मका कामहरु सार्वजनिक गरेका हुन् ।
उनले नीतिगत १५ वटा र ११ वटा कार्यक्रमगत उपलब्धीहरु सार्वजनिक गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले उपलब्धी सार्वजनिक पश्चात सञ्चारकर्मीहरुको जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए । पाउडर दूध, प्राङगारिक मल, सामुदायिक सामुहिक खेती, मल उत्पादन लगायत बिषयमा छुट्टै पत्रकार सम्मेलन गर्ने उनले बताए ।
कार्यक्रममा मन्त्रीका सल्लाहकार डा. नारायणबहादुर श्रेष्ठ, मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, महाशाखा प्रमुखहरु भरतप्रसाद विडारी र सुजन कंडेल लगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।