हेटौंडा – विस्ववातावरण दिवसको अवसरमा हेटौंडा ११ मा अन्तरबिध्यालय हजिरी जवाफ प्रतियोगीता गरिएको छ । हाजिरिजवाफ प्रतियोगितामा हेटौंडा ११ का विभिन्न बिध्यालयका २० वटा बाल समूहका ६० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रगतिशील बाल समूह प्रथम , सुर्योदय दोस्रो , लालिगुरास तेस्रो , हेटौंडा एकेडेमी सान्त्वना भएका छन् ।
टोलबिकास संस्था वडासमन्वय समिती हेटौंडा ११ को आयोजनामा भएको यस्ता कार्यक्रमले बिध्यार्थिहरुको बौद्धिक तथा क्षमता बिकास हुने वडासमन्वय समितिका हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्यले बताए । वडासमन्वय समिती अध्यक्ष आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरु गोपिनि सापकोटा , बिकास नेपाल , गिता सुनार , सन्जय बिडारी , आनन्दभैरब आधारभुत बिध्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनाल , टोलबिकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लगायतको आतिथ्यता रहेको थियोे ।