हेटौंडा – मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईको सरुवा भएको छ।
गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारी प्रजिअ र सहसचिवको सरुवा तथा पदस्थापन गरेसंगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो ।
यस्तै अब मकवानपुरमा गृह मन्त्रालयबाट तीर्थराज चिलुवाल नयाँ सिडिओको रुपमा आउने भएका छन भने सेढाईको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक सरुवा गरिएको छ।