कृस्टल तथा गर्गहना बनाउने तालिम समापन

Image

हेटौंडा – महिलाहरुको कृस्टल माला तथा गरगहना बनाउने तालिम समापन भएको छ । नवजागरण नेपालको आयोजना तथा हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा कार्यालयको सहयोगमा भएको तालिम २० जना महिलाहरुले पूरा गरेको आयोजक संस्थाले जनाएको छ ।

बिमला लामाले सहजीकरण गरेको तालिमका सहभागीहरुलाइ कार्यक्रमकि प्रमुख अतिथि वडा अध्यक्ष जुना दाहालल, विशेष अतिथि वडासदस्यहरु बिकास नेपाल , गोपिनी सापकोटा , गीता सुनार लगायतले प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम नवजागरण नेपालकि अध्यक्ष निर्मला बर्तौलाको सभाध्यक्षतामा भएको हो ।